सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षदेखि न्याय पर्खिरहेको ठाउँ [तस्बिरहरु]

२०७८ साउन १०, ०३:३४ खबर संवाददाता

उल्टाखाम (कञ्चनपुर) : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन प्रहरी असफल भएको छ। निर्मला वेपत्ता भएको आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दैछ।

तर रहश्यको पर्दा अझै उघ्रिएको छैन्। तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्य, गाउँले र आफन्तले न्याय पाउने आश गुमेको बताएका छन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला परेको थियो।

यो पनि : १) आफ्नै ठाउँका प्रधानमन्त्री भएछन्, अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा’ 

            २) निर्मला हत्याका तीन वर्ष : भयभित दुर्गा

           ३) निर्मला हत्याका तीन वर्ष : हजार बढीसँग सोधपुछ, सय जनाको डीएनए परीक्षण, उघ्रिएन पर्दा

 

कमेन्ट लोड गर्नुस