सुदूर नेपाललाई विश्वसँग जोड्दै

एचआइभी संक्रमितले जानीजानी कैयौं महिलाहरुसँग शारीरिक सम्बन्ध राखेपछि...

२०७८ साउन १०, ०३:३३ खबर संवाददाता

एजेन्सीः आफू एचआइभी संक्रमित भएको जान्दाजान्दै कैयौं फरक–फरक महिलाहरुसँग शारीरिक सम्बन्ध बनाएर उनीहरुलाई एचआइभी संक्रमित गराउने एक व्यक्तिलाई सजाय सुनाइएको छ। अमेरिकाको फ्लोरिडाका ती युवकलाई २ वर्षको जेल सजाय सुनाइएको हो। यी युवक एचआइभी संक्रमित हुन् तर शारीरिक सम्बन्धको क्रममा उनले कुनै पनि महिलालाई आफू संक्रमित भएको जानकारी दिएका थिएनन्।

उनकी गर्लफ्रेण्डले सबैभन्दा पहिले उनको कर्तुतको खुलासा गरेकी हुन्। न्यूयोर्क पोस्टका अनुसार २७ वर्षका जेन्ट्री बर्न्स नामका युवककी पूर्व गर्लफ्रेण्डले पुलिसमा उजुरी दर्ता गर्दै २०१३ मा डेटिङका समयमा आफू एचआइभी संक्रमित भएको बताएकी थिइन्। यस मुद्दामा भोलुसिया काउन्टी शेरिफ कार्यालयले जाँचपछि आरोप पत्र दायर गरेको थियो।

त्यसपछि ती पीडित महिलाले जेन्ट्री बर्न्ससँग डेटिङ गरेका अरु महिलाहरुसँग सम्पर्क गर्ने कोसिस गरिन् ताकि ती महिलाहरुलाई जेन्ट्री एचआइभी पोजेटिभ छन् भन्ने कुरा जानकारी दिन सकियोस्। जाँचकर्ताले मेडिकल रेकर्डबाट जेन्ट्री २०१४ मा एचआइभी संक्रमित भएको पुष्टि भएको पत्ता लगाए। तीन महिलाहरुले आफूहरु जेन्ट्रीसँग यौनिक गतिविधिमा सहभागी भएको र एचआइभी संक्रमित भएको बताए। त्यतिबेला उनीहरुलाई जेन्ट्री एचआइभी संक्रमित भएको थाहा थिएन।

यस क्रममा कम्तीमा २ जना महिला एचआइभीबाट संक्रमित भएको पाइएको थियो। २०१७ मा बर्न्ससँग डेट गरेपछि २०१७ मा एक महिलालाई संक्रमित पाइएको थियो। पुलिसका अनुसार बर्न्सले कैयौं अरु सहरको पनि यात्रा गरेका थिए। यस क्रममा उनले अन्य सहरका महिलासँग पनि सम्बन्ध बनाएको हुन सक्ने आशंका गरिएको छ। यस विषयमा सोधपुछपछि जाँच गरिनेछ।

अमेरिकामा करिब १ २ मिलियन मानिसहरुलाई एचआइभी छ। यीमध्ये १३ प्रतिशतलाई आफू संक्रमित भएको थाहा छैन। फ्लोरिडाको कानुन अनुसार एचआइभी संक्रमित भएको थाहा पाएपछि शारीरिक सम्बन्ध बनाउनु कानुनी रुपमा अपराध हो। अमेरिकाका अन्य २१ राज्यमा पनि यस्तै किसिमको कानुन लागू गरिएको छ।

कमेन्ट लोड गर्नुस