सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण धनगढीमा पटक–पटक विद्युत् अवरुद्ध, सतर्क रहन आग्रह

२०८३ असोज १०, ११:४७ लक्ष्मण ढुङ्गाल

धनगढी : लगातार भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्रमा विद्युत् सेवा पटक–पटक अवरुद्ध हुन थालेको  

वर्षाका कारण जमिन गिलो हुँदा विद्युतका पोल ढल्ने जोखिम बढ्नुका साथै रुखका हाँगाले तार छोएपछि समेत विद्युत् प्रवाह अवरुद्ध हुने गरेको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका अनुसार वर्षाका कारण धनगढी आसपासका विभिन्न वडामा बेलाबेलामा विद्युत् लाइन जाने समस्या देखिएको हो। विशेषगरी सडक छेउमा रहेका रुख तथा हाँगाहरू विद्युतका तारसँग ठोक्किँदा लाइन अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ ।

वर्षाको समयमा जमिनमा चिस्यान बढ्ने भएकाले विद्युत् प्रवाहमा अन्य समयको तुलनामा जोखिम बढी हुने प्राधिकरणको भनाइ छ । विद्युतका पोल, तार तथा अन्य विद्युतीय संरचनामा समस्या देखिएमा आफैँ मर्मत गर्न नखोजी प्राधिकरणलाई जानकारी गराउन आग्रह गरिएको छ ।

प्राधिकरणले वर्षाका बेला विद्युतका पोल, तार तथा ट्रान्सफर्मर आसपास नजान र भिजेका विद्युतीय उपकरण प्रयोग नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सडकमा विद्युत्का तार झरेको वा पोल ढल्ने अवस्थामा देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ ।
 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस