सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी विवादका कारण दार्चुलामा एमालेबाट निर्वाचित वडा सदस्य कांग्रेसमा प्रवेश

२०७८ साउन ९, ०७:०१ खबर संवाददाता

धनगढीः दार्चुलामा एक वडा सदस्यले नेकपा एमाले परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा १का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य रमेश बोहरा एमाले परीत्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन।

एक कार्यक्रमका बीच उनले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको जानकारी दिए। उनलाई शैल्यशिखर नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस दार्चुलाका उप–सभापति अमर सिंह धामीर्ले  पार्टी प्रवेस गराएका हुन।

पछिल्लो समय एमालेमा देखिएको विवादका कारण पार्टी आफुले पार्टी परिवर्तन गरेको उनको भनाई छ।  

कमेन्ट लोड गर्नुस