सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकहरुको भीडमै यौनजन्य क्रियाकलाप, घुम्न आएकाहरुले चप्पलले कुटे

२०७८ साउन ९, ०४:१७ खबर संवाददाता

एजेन्सीः थुप्रै पर्यटकहरु घुम्न आएको ठाउँमा सबै मानिसहरुको बीचमै कसैको वास्ता नगरी यौन सम्बन्धमा लिप्त भएको एक जोडी देखेपछि घुम्न आएका मानिसहरुले उनीहरुलाई कुटेर भगाएका छन्। यो जोडीको अश्लील कामको भिडियो समेत कुनै पर्यटकले रेकर्ड गरेका थिए। भिडियोमा पर्यटकहरुले उनीहरुलाई चप्पलले कुटेर भगाएको देखिन्छ।

द सनका अनुसार यो घटना पोल्याण्डको एक समुद्र किनारमा भएको हो। गत शुक्रबार मिएल्नोको समुद्र किनारमा यो जोडी आफ्नै धुनमा थिए। मानिसहरुले हेरिरहेको भए पनि उनीहरुले आफ्नो चर्तिकला रोकेनन्। सहिनसक्नु भएपछि एक पर्यटकले पुरुषको पछाडि चप्पलले हिर्काएपछि मात्रै उनीहरुको चर्तिकला रोकिएको थियो। यसअघि भिडियोमा उनीहरु आफ्नै धुनमा यौन सम्धन्धमा लिप्त थिए र त्यहाँ भएका मानिसहरुले रोक्न भने पनि रोकिएका थिएनन्।

भिडियोमा एक महिलाले यौनमा लिप्त यो जोडीमाथि पानी खन्याएको समेत देख्न सकिन्छ। त्यसपछि दुई पुरुषले सम्भोग गरिरहेका पुरुषलाई समातेर महिलाबाट अलग गराएका थिए। त्यसपछि ती पुरुष कुनै पनि कपडा नलगाइ त्यहाँबाट भागेका थिए। स्थानीय पुलिसले ती व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ। उनकी पार्टनर महिला भने फेला परेकी छैनन्।

कमेन्ट लोड गर्नुस