सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्री सोडारीलाई बर्खास्त गर्नुका ४ कारण

२०७५ कार्तिक २७, ०३:०७ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएपछि त्यस्को कारणका विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नेकपाका सुदूरपश्चिम कमिटीको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएपछि त्यस्को कारणका विषयमा चर्चा परिचर्चा सुरु भएको हो। 
पद विपरित आचरण
नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले पद अनुरुपको आचरण नगरेकोले मन्त्री सोडारीलाई पदबाट बर्खास्त गरेको बताए। उनले पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेकाले हटाउन परेको बताए। 
पार्टीभित्रको गुनासो
मन्त्री सोडारीका विरुद्ध पार्टी भित्रै पनि गुनासो बढ्दै गएको र छानविन गर्दा पद अनुरुपको आचरण नगरेको पुष्टि भएकाले पार्टीले पदबाट फिर्ता बोलाउने निर्णय गरेको श्रोतको दावी छ। केहि महिलाहरुले पनि सोडारी विरुद्ध पार्टीको उच्च नेताहरु समक्ष गुनासो गरेका थिए। उनले सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन गर्दा पनि निकट्का कार्यकर्तालाई मात्र हेरेको आरोप पनि लागेको छ।
अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भुमिका
मन्त्री सोडारीले विभिन्न अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भुमिका खेलेकाले पनि उनको पदच्युत गरिएको श्रोतले जनाएको छ। उनले विभिन्न अपराधिक गतिविधिमा संग्लनलाई छुटाउनका लागि जिल्लाका प्रहरी अधिकारीलाई दवाव दिने गरेको श्रोतले जनाएको छ। 
प्रदेशमा बढ्दै गएको आलोचना
मन्त्री सोडारी झण्डै ८ महिने कार्यकालमा विभिन्न घटनामा विवादमा पनि तानिएका थिए। सुरुमा मन्त्रालयमै उल्टो झण्डा लगाउँदा समेत वेवास्ता गरिएको भन्दै मन्त्री सोडारीको आलोचना भएको थियो। गौरीगंगा नगरपालिकाको बडैपुरमा मन्त्री सवार गाडी दुर्घटना भएपछि पनि उनको आलोचना भएको थियो। गाडीमा मन्त्री आफै सवार रहेपनि मन्त्रीले भने गाडीमा आफु नरहेको दावी गर्दै आएका थिए। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस