सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ७ जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

२०७८ साउन ९, ०२:०५ खबर संवाददाता

धनगढीः सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध हुदा यात्रुहरु अलपत्र बनेका छन्। भिमदत्त राजमार्गमा पहिरो जादा सवारीसाधन रोकिएपछि यात्रुहरु अलपत्र परेका हुन्। आफ्नो गनतव्यमा हिडेका उनीहरु बिहान ८ बजेदेखि अलपत्र बनेका छन्।

राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो। जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले बताएको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस