सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ

२०७८ साउन ९, ०७:१५ खबर संवाददाता

धनगढी: दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका -४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले बताएको छ।

उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यार्सागुम्बासहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस