सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा घर पुगाउने भन्दै किशोरीमाथि बलात्कार, २ जना पक्राउ

२०७८ साउन ८, ०८:२३ खबर संवाददाता

डडेल्धुरा :जिल्लामा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। युवतीलाई घर पु¥यादिन्छु भनि बीचबाटोमै बलात्कार गरेको आरोपमा परशुराम नगरपालिकाका एक र डोटीको जोरायल गाउँपालिका–२ बुडरका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट घरसम्म पुर्‍यादिन्छु भन्दै लगेर बाटोमै बलात्कार गरेको आरोप लागेको छ।

कमेन्ट लोड गर्नुस