सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्सातको पानी निकास गर्ने योजना बनाउन संघीय सरकारले टोली खटायो

२०७८ साउन ८, ०६:३५

धनगढी : धनगढीमा बर्सातको पानी निकास गर्ने योजना बनाउन संघीय सरकारले परामर्श दाताको टोली खटाएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्श दाताको टोली खटाएको हो। उपमहानगरपालिकाका इन्जिनियर द्धीजराज भट्टका अनुसार मन्त्रालयले मोहनापुल–अत्तरिया ६ लेन सडकको वरिपरी पर्ने २, ३, ४ र १३ नम्बरको पानी निकास गर्ने योजना बनाउन परामर्श दाताको टोली खटाएको हो।

‘ग्रिन कन्सल्टेन्सीका एक जना इन्जिनियर फिल्ड भिजिटका लागि धनगढी आएका थिए,’ उनले भने, ‘फिल्ड भिजिटपछि काठमाडौँमा छलफल हुन्छ। त्यसपछि मात्रै सर्भेका लागि टोली आउनेछ।’

यस्तै मन्त्रालयले पठाएको प्राविधिक टोलीलाई सहयोग गर्न उपमहानगरपालिकाले कार्यदल गठन गरेको छ। उक्त समूहलाई सहयोग गर्न डिभिजन इन्जिनियर द्धीजराज भट्ट, इन्जिनियर कमलराज ओझा र राजु खडुका, सव–इन्जिनियरहरु दानसिँह धामी र हर्कराज गिरी तथा अमिन कृष्णबहादुर शाहीलाई उप–महानगरपालिकाले खटाएको छ।

कमेन्ट लोड गर्नुस