सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदीमा आएको बाढी बस्तीमा पस्यो

२०७८ साउन ७, ०२:०६ खबर संवाददाता

धनगढीः लगातारको बर्षाले कैलालीको  खुटिया नदीमा आएको बाढी बस्तीमा पसेको छ। बिहीबार खुटियाको बाढी कनरी गाउँमा पसेको हो। कनरीको बस्तीमा बाढी पसेपछि डुबानको समस्या भएको स्थानीयले बताएका छन्।

बाढीले कनरी गाउँमा माछा पालनका लागि बनाएको पोखरीको ड्यामसमेत भत्काएको छ। यस्तै कैलालीकै घुरहा नदीमा आएको बाढीले भिटरिया गाउँ पनि डुबानमा पर्ने देखिएको स्थानीयको भनाई छ।

यता कटैनी नदीको बाढी बसन्ता, भुँइयाँफाँटा लगायतका गाउँमा पसेको छ।

कमेन्ट लोड गर्नुस