सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्कु प्रहारबाट गम्भीर घाइतेको ज्यान आलुचिप्सको खोलले जोगाएपछि...

२०७८ साउन ६, ०७:१० खबर संवाददाता

एजेन्सी: न्यूयोर्कमा एक प्रहरी अधिकृतले चक्कु प्रहार गरिएका एक घाइतेको ज्यान आलुचिप्सको खोल र टेप प्रयोगबाट जोगाएका छन्।

अधिकृतले जोगाउन गरेको प्रयासको व्यापक प्रशंसा भएको जनाइएको छ।

बीबसिीका अनुसार रोबर्ट केनिडी नामक ती प्रहरीले आलुचिप्सको खोल र टेप प्रयोग गरेर ती घाइते व्यक्तिको शरीरबाट रक्तस्राव हुन रोकेका थिए। त्यसै कारण उनको ज्यान जोगिएको चिकित्सकले बताएका छन्।

हार्लममा गरिएको उक्त उद्धारको प्रयासको दृश्य शरीरमा जडित बडी क्यामराले खिचेको थियो।

गम्भीर ती घाइते व्यक्तिको हाल स्थिर अवस्थामा भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस