सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी निकासबारे भएको झडपमा १० जना घाइते

२०७८ साउन ५, ०६:५४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल हुँदा झडप भएको छ।  

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।  सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको बताइएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने ढुंङ्गामुढा हुँदा ४ जना प्रहरी जवान घाइते भएको बताए।

प्रहरीले बल प्रयोग गरि मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोल्न खोज्दा केही स्थानीय समेत घाइते भएको बताइएको छ। 

सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। वडा नम्बर २ का वासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस