सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलबारे चर्चा गर्दै ओलीले भने, ‘हतारिएर दिएको राजीनामा फिर्ता लिनुस्’

२०७८ साउन ४, ०२:१८ खबर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउँदै फिर्ता लिन आग्रह गरेका हुन्।

केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए।

एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस