सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको कालंगा गाड जलविद्युत आयोजनामा ५० प्रतिशत भौतीक प्रगती, सेयर बाड्ने तयारी

फोटो कालंगा गाड आयोजनाको वेवसाईटबाट
फोटो कालंगा गाड आयोजनाको वेवसाईटबाट
२०७५ कार्तिक २१, ०६:५६ नवराज पनेरु

७२ मेघावाट क्षमताको बझाङको कालंगा गाड जलबिद्युत आयोजनाको निर्माण तिव्र गतिमा छ। निजि क्षेत्रको लगानीमा निर्माण भईरहेको कालंगा गाड जलबिद्युत आयोजना २०७७ सालभित्रै सम्पन्न हुने गरि निर्माण भईरहेको हो। २०६५ सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको सो जलबिद्युत आयोजनाको निर्माण सुरु भएको २ बर्ष मात्रै भएको छ भने ५० प्रतिशत निर्माण सम्पन्न भएको छ। 

१० वटा बैकं र अन्य निजि क्षेत्रका लगानीकर्ताहरुको १३ अर्वको लगानीमा ७२ मेघावाटको कालंगा गाड जलबिद्युत आयोजनाको निमार्ण भईरहेको छ। २०७७ असोज ३ गते भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ तर लक्ष्य भन्दा अगाडी नै जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने गरि निर्माण भईरहेको कालंगा हाइड्रो प्रालीका परियोजना व्यवस्थापक बखत वहादुर शाहीले बताए। 

सानीगाड हाईड्रो र कालंगा हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको सो आयोजनाको ३ ठांउमा संरचना निमार्ण भईरहेको छ। १२ किलोटिमर सुरुङ निर्माण गर्नुपर्नेमा ६ किलोमिटर सम्पन्न भईसकेको छ। पावर हाउसको निर्माण सुरु हुने क्रममा छ भने ईन्टेकको कामले पनि तिव्रता पाएको छ। एउटा ईन्टेक दहबगरमा निर्माण गरि खिरातडीको बिजगडमा पावर हाउस बन्ने भएको छ भने अर्को खिरातडीको पाउटामा ईन्टेक बनी सावीकको सुनकुडा गाबिसको घोडादाउनमा पावर हाउस निर्माण गरिने छ। त्यस्तै अर्को कफलसेरीको जुनै बाट ल्याएर पिपलकोट गाबिसको खौलाधारमा पाबरहाउस निर्माण गरिने छ।

निजि क्षेत्रको लगानीमा निर्धारीत समय भन्दा अगावै कालंगा गाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले बताए। निजि क्षेत्रको लगानीमा जलविद्युत आयोजनाको निर्माणले गति लिएपछि बुंगल क्षेत्रका वासीन्दामा पनि खुसीयाली छाएको छ। नीजि क्षेत्रले ७२ मेगावाटको जलविद्युत निर्माण सम्पन्न गरे प्रदेश नम्वर ७ मा नीजि क्षेत्रले लगानी गर्न हिचकिचाउने परिपाटी पनि तोडीने विश्वास गरिएको छ। यस्तै ७२ मेगावाट जलविद्युत थपिएपछि यस क्षेत्रमा अन्य उद्योग सञ्चालनका लागि पनि सहज हुने छ र अयोजनाका लागि निर्माण गरिएका सडकहरुले स्थानीय वासीन्दाको आवतजावत सजिलो बनाउने छ। 

फागुनबाट ३० प्रतिशत सेयर सर्वसाधारणलाई बाँडफाँट गर्ने लक्ष्य पनि राखिएको छ। १० प्रतिशत प्रभावीत क्षेत्रका वासीन्दा र बाँकी २० प्रतिशत नेपालीहरुका लागि सेयर खोल्ने तयारी भईरहेको छ। कालंगा हाइड्रो प्रालीले भने २० प्रतिशत सेयर पनि सुदूरपश्चिमकै वासिन्दाले खरिद गर्ने गर्ने तयारी थालेको जनाएको छ। आयोजना ३० बर्षपछि सरकारलाई हस्तान्तरण गरिने छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस