सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा जलविद्युत आयोजनाको २३ बर्ष सम्म डिपिआर बनेन

२०७५ कार्तिक २१, ०९:०८ नवराज पनेरु

अछामको बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको २३ बर्ष सम्म पनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुन सकेको छैन्। सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो तर अहिले सम्म विस्तृत परियोजना प्रतिवेदन तयार भएको छैन्। 

अछाम हुँदै बगिरहेको बुढीगंगा नदीमा २० दशमलव २ मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित २०५२ सालमा बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएपनि २३ बर्ष सम्म समेत विस्तृत परियोजना प्रतिवेदन तयार हुन बाँकी रहेको हो। बुढीगंगा जलविद्युत आयोजनामा सरकारले साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ। तर अध्ययन सुरु भएको २३ बर्ष वितिसकेको छ अहिले सम्म जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भएको छैन्। बुढीगंगा जलविद्युत आयोजनाकी प्रवत्ता ईन्जिनियर पुनम पाण्डेयले डिपिआर तयार पार्न अझै समय लाग्ने बताईन्।

नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको निर्माणाधिन यो पहिलो जलविद्युत आयोजना हो। तर बुढीगंगाको अध्ययन सुरु भएको १३ बर्ष पछि अध्ययन सुरु गरिएको झण्डै चार गुणा ठुलो कालंगा गाड जलविद्युत आयोजनाले ५० प्रतिशत भौतीक प्रगती गर्दा समेत सरकारले बनाउने आयोजनाको २३ बर्ष सम्म डिपिआर तयार नभएको हो। अष्ट्रेलीयन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढीगंगाको डिपिआर बनाउने जिम्मा पाएका थिए तर पटक–पटक समय थप गरिएपनि डिपिआर तयार नभएको प्रवत्ता पाण्डेयले बताईन्। 
जलविद्युत आयोजनाको डिपिआर समेत तयार नभएप्छि अहिले आयोजनास्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक, पुल र कार्यालय भवन निर्माण भईरहेको छ। तीन वटै योजनाको निर्माण अवधी सकिएको छ तर सडक र पुलको निर्माण सम्पन्न हुन भने बाँकी छ। कार्यालय भवनको निर्माण २०७४ असोज ४ गते भित्रै सम्पन्न गर्नुपर्ने थियो भने पुल र सडकको निर्माण यो असोजमा सम्पन्न हुन पर्ने थियो। 

सरकारी स्तरबाट हुने वेवास्ता र यस क्षेत्रबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजना २३ बर्ष सम्म पनि अन्योलताको भुमरीमा छ। अध्ययन सुरु भएको २३ बर्ष सम्म पनि जलविद्युत आयोजनाको डिपिआर तयार नभएपनि २०८० भित्रै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ७ नम्बर प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुरसम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ। त्यस्का लागि यो बर्षभित्रै डिपिआर तयार पारेर टेण्डरको प्रक्रियामा जाने तयारी रहेको बुढीगंगा जलविद्युत आयोजनाकी प्रवत्ता ईन्जिनियर पुनम पाण्डेयले बताईन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस