सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गड्डाचौकी नाकाबाट १५ वर्षीय किशोर बेपत्ता

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ साउन २, ११:४१ खबर संवाददाता

धनगढी: डोटीका एक किशोर गड्डाचौकी नाकाबाट बेपत्ता भएका छन्।

जिल्लाको सायल गाउँपालिका -३ पानीखालका १५ वर्षीय रणबहादुर थापा कञ्चनपुरको गड्डाचौकी नाकाबाट बेपत्ता भएका हुन्। उनी कामका लागि भारतको सिम्ला जान भनेर हिँडेका बताइएको छ। उनका बुबा पदमबहादुर थापाका अनुसार रणबहादुर ५ दिनदेखि हराइरहेका हुन्।

नाकामा चेकजाँचका क्रममा उनीसँग भारत जानका लागि चाहिने कागजात नभएपछि रोकिएकोमा त्यसपछि उनी सम्पर्कमै नआएको बताइएको छ। उनलाई कसैले देखे ९८४८६२०६९२, ९८४७५११८७० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस