सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रवद्र्धन गर्न साइकलयात्रा

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ साउन २, ११:१८ रासस

बुटवल: रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आज साइकलयात्रा गरिएको छ। 

नगरपालिकाको करिब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गर्ने साइकल साथी सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए। साइकलयात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करिब ७० व्यक्ति सहभागी छन्।

स्थानीय मुर्गिया बजारबाट सुरु भएको यात्रा गर्न करिब सात घण्टा लाग्ने अनुमान गरिएको छ। उनीहरुले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिरलगायतका क्षेत्रको अवलोकनसमेत गर्नेछन्। “यसबाट पर्यटन प्रवद्र्धन हुनाका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पहिचान हुनेछ”, नगरप्रमुख कार्कीले भने। सो नगरपालिकालाई पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्रका रुपमा मानिँदै आएको छ।

कमेन्ट लोड गर्नुस