सुदूर नेपाललाई विश्वसँग जोड्दै

निश्चल पिएसको ‘पद्मीनी’ लोकापर्ण

२०७५ कार्तिक २०, ०६:०४ खबर संवाददाता

गजलकार निश्चल पिएसको गजल एल्बम ‘पद्मीनी’ लोकापर्ण भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गजलकार डा. कृष्णहरि बराल, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणी देवकोटा, सङ्गीतकार शक्ति बल्लभ, गीतकार रमेश पौडेललगायतले उक्त एल्बमको सार्वजनिक गरेका हुन्। लोकार्पणपश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले अहिलेको समयमा गीतसङ्गीत विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै निश्चलले लेखेका गीतमा पृथक्ता पस्कने कोशिस गरेको बताए। अन्य अतिथितिहरुले निश्चलका गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै उनलाई बधाई तथा शुभकामना दिएका थिए। 
 
 
 

कमेन्ट लोड गर्नुस