सुदूर नेपाललाई विश्वसँग जोड्दै

पान्द्राङमा पहिरो हटाएर यातायात सञ्चालन

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०७:२४ रासस

मकवानपुरः मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको पान्द्राङ्मा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा अपराह्नबाट सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भीमफेदी गाउँपालिका–२ पान्द्राङमा करिब १०० मिटरसम्म सुख्खा पहिरो खस्दा हेटौँडा–भीमफेदीतर्फको यातायात सेवा केही घण्टा अवरुद्ध हुनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।

त्रिभुवन राजपथको हेटौँडादेखि नौबिसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको दैनिक यातायात सेवा सञ्चालनमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस