सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्चेश्वरको कार्यकारिणी समिति वनेकाे ५ महिना हुँदा पनि काम सुरु भएन्

आयोजनाको काम अगाडी वढाउन भारत उदासिन

२०७५ कार्तिक २०, ११:२९ सीताराम ओझा

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी वढाउन भारत उदासिन देखिएको छ । भारतले नेतृत्व गरेको कार्यकारिणी समिति गठन भएको ५ महिना हुँदा पनि काम अगाडी वढेको छैन् । भारतले पदाधिकारी नियुक्त गरेको लामो समय हुँदा पनि काम सुरु भएको छैन् । भारतीय पक्षले चासो नदेखाउँदा आयोजनाले गति लिन नसकेका वेला नेपाली पक्षको पनि उदासिनता आयोजनाको काम लथालिङ भएको छ । 

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारीणी समितिमा नेपालको तर्फवाट तीन वर्षको कार्यकाल सकिएपछि सो समितीको नेतृत्व गरेको भारतले काम अगाडी वढाउन चासो नदेखाएको हो । भारतले कार्यकारीणी समितीका पदाधिकारी नियुक्त गरिसकेको महिनौ हुँदा पनि काम अगाडी वढाउन मतलव नगरेको आयोजनाको तर्फवाट नेपालको प्रतिनिधित्व गरेका एसिस सिईओ चिरञ्जीवी चटौतले बताए । पटक पटक विभिन्न वहानाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि वनाईएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको वैठक पनि काम अलपत्र गर्दा अनिश्चित वनेको छ ।

आयोजनाको डिपिआरमाथि दुवै देशका अधिकारीहरुले टिप्पणी गर्दै पाँच सय ७५ वुँदाहरु तयार पारेको तीन सय ७३ वुँदामा सहमति भईसकेको छ । तर बाँकी वुँदाहरु छलफल र वहस गर्न नै नसकिएकोले आयोजना अझ लम्बिने भएको छ । भारले नेतृत्व गरेको समितीले पुर्णता पाएपनि कामकाज सुरु नहुँदा आयोजनाको काम लथालिङ अवस्थामा रहेको छ । प्राविधिक समुह र विज्ञ समुहको वैठक पनि नबसेको एक वर्षभन्दा वढी भईसकेको आयोजनाको तर्फवाट नेपालको प्रतिनिधित्व गरेका एसिस सिईओ चटौतले बताए । सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस