सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निर्माणाधिन सशस्त्र बिओपीमा आगलागी

२०७८ असार ३१, १२:२३ खबर संवाददाता

कैलाली: कैलालीमा निर्माणाधिन सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट(बीओपी)मा आगलागी भएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधिन बीओपी भवनमा आगजनी भएको हो। 

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन सो निर्माण भइरहेको थियो। तर निर्माणको काम अन्तिम चरणमा पुगेको बेला बिहीबार अचानक उक्त भवनमा आगजनी भएको छ।

आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ। आगलागीको कारण खुलेको छैन। 

कमेन्ट लोड गर्नुस