सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरिया क्षेत्र जलमग्न, दर्जनौ घर डुबानमा

२०७८ असार ३१, ११:५३ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ। नगरपालिकाको वडा नं १ र ४ मा रातिदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका छन्। भालू खोलाको बाढीले उत्तर बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएकोछ। 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार मनहरा खोलाको बाढी पनि बस्तीमा पसेको छ। उनले गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घरमा पानी पसेको बताए। यता गोदावरी–२ को तेघरीमा पनि घरमा पानी पसेको छ भने अत्तरिया बजार जलमग्न बनेको छ। 

यस्तै लालीको मोहना नदीमा बाढी आएको छ। नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस