सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम

२०७८ असार ३१, ०६:२२ रासस

बझाङः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ।

युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका– ६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन्। 

 कार्यक्रमअन्तर्गत बाख्रा राख्ने दुई व्यावसायिक खोर, दुई  नमूना खोर, खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरिएको छ।  तलकोट– ६ का प्रेमबहादुर धामीले सहयोग पाएपछि आफू बाख्रा व्यवसायमा लागेको र अहिले ३० भन्दा बढी बाख्रा नमूना खोरमा पाली आगामी दिनमा व्यवसायलाई थप बढाइने बताए।

विगतमा बडिगाउँका किसानले बाख्रा पालन गरे पनि  गुजारामुखी मात्रै भएकाले हाल सोही व्यवसायमा लागेका किसानलाई स्वरोजगारतर्फ जोड्ने उद्देश्यले बडिगाउँलाई छनोट गरिएको गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस