सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

२०७८ असार ३१, ०६:१० खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। 

मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो। साउन १ गतेबाट सुरु हुने अनुष्ठान ३२ गते सम्म सञ्चालन हुने छ। अनुष्ठानका पण्डित सत्यराज अवस्थीका अनुसार प्रत्यक दिन विहान ५ बजेदेखि ६ बजे सम्म सन्ध्योसन तथा योगाअभ्या, ६ देखि ८ बजे सम्म दैनिक विद्धान ब्राह्मणद्वारा वैदिक पूजन तथा नमकचमक रुद्धाभिषक हुने छ। 

यस्तै गरी विहान ९ बजेदेखि दिउँसो १२ बजे सम्म दैनिक महाभारतको मुलपाठ पुराण एंव महामृत्युञ्जय वप सञ्चालन हुने छ। दिउँसो एक बजेदेखि बेलुका ५ बजेसम्म दैनिक महासंगितमय महाभारको प्रवचन हुने छ। यसैगरी बेलुका साढे ५ बजे देखि साढे ६ बजे सम्म दैनिक विशेष विश्वाकल्याणकारी श्रग्रारिक एंव संगितमय महा हारति सञ्चालन हुने छ।

पर्यटकीयस्थल बेहडबाबामाहुने अनुष्ठान अवधिभर साउनको महिना सोमबार र शनिबार धनगढीबाट निशुल्क बसको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। अनुष्ठानमा हरेक दिन ११ जना बाह्मण द्वारा हरेका २ घण्टा रुद्धाभिषेक गरिने छ। मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले धनगढी उपमहानगरपालिका पनि सहयोग रहेको बताए। अनुष्ठान विभिन्न सञ्चार माध्याममा समेत प्रत्यक्ष प्रसारण गरिने छ।

पत्रकार सम्मेलनमा धनगढी उपमहानगरका मेयर नृपवहादुर वडले बेहडाबाबा धार्मिक तथा पर्यटकी दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको बताए। उनले कोभिडका कारणले वाह्य पर्यटकहरु आउन नसकेपनि अन्य समयमा भारतबाट समेत हजारौँ भक्तजनहरु आउने गरेको बताए। अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिईने छ।

कमेन्ट लोड गर्नुस