डडेल्धुरामा टिप्परले ठक्कर दिँदा २ वर्षीया बालिका घाइते
डडेल्धुरा: डडेल्धुरामा टिप्परले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ मा सुपप्र ०१ –००१ क १४७७ नम्बरको टिप्परले ठक्कर दिँदा २ वर्षीया पूर्णिमा बोहरा घाइते भएकी हुन्।
बालिकाको टाउकोमा चोट लागी उनलाई उपचारका लागि धनगढी पठाइएको आलिताल प्रहरी चौकी इन्चार्ज भीमराज भट्टले बताए। चालक र टिप्पर प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। स्थानीयका अनुसार टिप्पर अत्यधिक गतिमा गइरहेको थियो।