डडेल्धुराका पेट्रोल पम्पलाई कारवाहीेको माग गर्दै निवेदन
धनगढी: डडेल्धुराका पेट्रोल पम्पले पेट्रोलको कृत्रिम अभाव गरेर कालोबजारीलाई प्रोत्साहन गरेको भन्दै कारवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीमा निवेदन दिइएको छ।
जिल्ला सदरमुकाममै २ वटा पेट्रोल पम्प भएतापनि पसलबाट १७० रुपैँया प्रतिलिटर पेट्रोल किन्नुपर्ने बाध्यता रहेका कारण ती दुईवटै पम्पलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दै बोलन्या थलीले वाणिज्य कार्यालयमा निवेदन दिएको हो।
कालोबजारीका कारण यात्रुहरुलाई महंगो मूल्यमा पेट्रोल किन्न बाध्य बनाउने ती पम्पहरुको लाइसेन्स खारेजीको माग गर्दै निवेदन दिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।
निवेदन बुझ्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमल पुनले उक्त विषयमा केही ठोस् कदम चाल्ने प्रतिवद्धता जनाएको संयोजक जोशीले बताए।