सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको पाटाका ३५ घर पहिरोको जोखिममा

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ असार ३०, ११:३८ खबर संवाददाता

धनगढी: बाजुराको पाटाका ३५ घर पहिरोको जोखिममा रहेका छन्।

जिल्लाको बडिमालिका नगरपालिका -१ पाटाका ३५ घर पहिरोको जोखिममा रहेका वडाध्यक्ष राम बहादुर कार्कीले बताए। गत असार २६ गते आएको वर्षाले पाटास्थित एक घर भत्किएको थियो। सो घर वरपर रहेका अन्य १४ घर पनि भत्किन सक्ने जोखिम भएकाले उनीहरु पालमुनि बसिरहेका बताइएको छ।

स्थानीयको आग्रहमा एक नम्बर वडा कार्यालयको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा २० परिवारलाई २० थान पाल वितरण गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस