सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा जथाभावी पार्किङ, दुर्घटनाको जोखिम बढ्यो

२०७८ असार ३०, ११:३६ विन्दु चन्द

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडकमा अव्यवस्थित रुपमा गरिएको ट्याङ्कर पार्किङको समस्या उस्तै छ। सडक छेउमै हुने ट्याङ्कर पार्किङले आवतजावतमा सास्ती हुने गरेको छ। त्यसैमा ६ लेन सडकमै अन्य सवारी साधन पनि पार्किङ हुन थालेपछि थप सास्ती बढेको हो। 

धनगढीको ट्राफिक चौराहामा अव्यवस्थित रुपमा सवारी साधनहरु पार्किङ गर्न थालिएपछि आवतजावतमा सास्ती खेप्नु परेको हो। मुख्य चोकहरुमा यत्रतत्र सवारी सधान पार्किङ हुँदा दुर्घटनाको जोखिमसमेत बढेको बताउँछन् धनगढीका स्थानीय नेत्र स्वार। 

‘ट्राफिक चौराहमा विगंर, कार, हाइस, ट्रक लगायतका सवारी साधनहरु पार्किङ गर्न थालिएको छ। सडकमा जथाभावी सवारी साधन पार्किङ गर्न थालिएपछि दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने। धनगढीका अर्का स्थानीय देवबहादुर धामीले पनि ६ लेन सडक निर्माण भएपछि आवागमन सहज ह्ुनुको सट्टा झनै जोखिम माल्नुपर्ने बाध्यता आएको बताए। उनी भन्छन्, ‘ठूलो गाडीले सानो गाडीलाई पेल्न खोज्छ। पार्किङले सडक साघुरो बनाइदिएको छ। द्ुर्घटनाको जोखिम बढेको छ।’

निषेधाज्ञाभन्दा अघि क्युमा जाने मध्ये एउटा गाडी रोकेर यात्रु बसाउने र त्यो गाडी गएपछि मात्रै अर्को गाडी आउन दिने नियम बनाइएको थियो। तर अहिले भने एकै पटक आधा दर्जन गाडी चौराहको सडकमा पार्किङ गरिएको हुन्छ। यता यातायत प्रालीहरुले भने ट्राफिक प्रहरीले निगरानी नगरेको आरोप लगाएका छन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले ट्राफिक प्रहरीले निगरानी नै नगरेको आरोप लगाए। 

उनले भने, ‘यातायात प्रालीले निषेधाज्ञा भन्दा अगाडी क्युमा जाने गाडीहरु पालैपालो रोकेर यात्रु बसाउँदै लैजाने गरिएको थिए। अहिले त्यो नियम पालना भएको छैन्।’

तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भने पार्किङ व्यवस्थापन गरेको जनाएको छ। निषेधाघापछि एकै पटक सबै यातायातका साधनहरु खुल्दा भिडभाड देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बीरेन्द्रबहादुर बोहराले बताए। 

‘लोकल गाडीहरु पनि समय समयमा ओहोरदोहोर गर्दा भिड बढेको हो,’ उनले भने, ‘बजारमा लोड अनलोड गर्दा पनि बढी गाडी देखिएका हुन्।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस