सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१३ कैलालीगाउँकी अपेक्षा भट्टले गरिन् कपडा बैंकलाई सहयोग 

२०८३ कार्तिक १२, ११:३८ खबर संवाददाता

धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १८ थान कपडा सहयोग गरिएको छ। धनगढी–१३ कैलाली गाउँकी अपेक्षा भट्टले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेकी हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस