सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २९, ०९:३८ खबर संवाददाता

रौतहट : ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 

ना ४ त १५०७ नम्बरको ६याक्टर राति ११ः५५ बजेको समयमा देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कवीन्द्र नदीपारी टोलका हुन् भने गोविन्द पोखरिया टोल निवासी हुन्।

दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस