सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि कोभिडविरुद्धको भेरोसेल र जन्सेन खोप दिइने, यस्ता व्यक्तिले पाउनेछन् खोप

२०७८ असार २९, ०६:२१ खबर संवाददाता

धनगढी : सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जन्सेन खोप आजदेखि नै दिन सुरु गर्ने भएको छ।

जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ। यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई उक्त खोप दिइनेछ।
यस्तै भेरोसेल खोप ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई दिइनेछ।

त्यस्तै सार्वजनिक यातायातका चालक, सहचालक, तथा खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि भोलिदेखि नै खोप दिइने छ।

उनीहरूलाई उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने विभागले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस