सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको फैसलापछि देउवाको गृह जिल्लामा खुसीयाली

२०७८ असार २८, ०६:२३ खबर संवाददाता

डडेल्धुरा: सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाइ २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृह जिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ।  

जिल्ला सदरकुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाउदै विजय उत्सव मनाएका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गरेकोे प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ।

कमेन्ट लोड गर्नुस