सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश राष्ट्रपति र प्रधानमन्त्री कार्यालय पठाइयो

२०७८ असार २८, ०६:१९ खबर संवाददाता

काठमाडौं: सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ। अदालतको शाखा अधिकृत नेत्रबहादुर माझीले पत्र काटेर राष्ट्रपति  र प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

दुई दिनभित्र देउवाको ७६९५० अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउनसमेत आदेश दिएको छ।

कमेन्ट लोड गर्नुस