सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाका ज्योतिषीले भने, ‘अब योग राम्रो छ’

२०७८ असार २८, ०४:२९ खबर संवाददाता

काठमाडौं : मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने भएका छन्। सर्वोच्च आदलतले प्रतिनिधिसभा पुर्नस्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको हो।

 उनी प्रधानमन्त्री बन्ने भएपछि उनका ज्योतिषी सुरेशचन्द्र रिजालको चर्चा भइरहेको छ। उनले ०७४ साल जेठमा देउवा ७ पटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए। २०७७ साल फागुन १९ गते पनि ज्योतिषी रिजालले देउवालाई ४ महिना सावधानी अपनाउनपर्ने बताएका थिए। 

आफूले असार २६ पछि ढुक्क हुनु भनेर भनेको सुरेशचन्द्रले बताएका छन्। उनले भने, ‘आजको निर्णयले थाहा भयो होला ज्योतिष विज्ञान हो, यसको भविष्यवाणी मिल्छ भनेर।’ 

प्रधानमन्त्रीमा देउवाको शपथग्रहणको शुभमूहुर्त पनि आफूले नै निकाल्ने बताउँदै उनी भन्छन्, ‘देउवाको यसपछिको योग राम्रो छ।’ 

कमेन्ट लोड गर्नुस