सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको फैसलाले संविधानको गरिमालाई उँचो राख्यो : प्रचण्ड

संविधानमाथि भएको प्रहारबाट जनता पनि आजित भइसके

२०७८ असार २८, ०४:१६ खबर संवाददाता

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताएका छन्। 

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रचण्डले भने, 'अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना हो। यसलाई नेपाल र नेपाली जनताको जित भएको छ।' संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको रक्षा आजको आवश्यकता भएको समेत बताए। 

प्रचण्डले भने, 'म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु। मेरोतर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु।'

पटकपटकको संसद् विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको समेत बताए। नेपाली जनताको जीतको रुपमा अगाडि आएको प्रचण्डको भनाइ छ। 

इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएकाले इतिहासले सम्मान गर्ने उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस