सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी साउँदलाई प्रदेश युवा प्रतिभा सम्मान

२०७८ असार २८, ०३:२९ खबर संवाददाता

धनगढी : धनगढीका व्यवसायी मानसिंह साउँदलाई प्रदेश युवा प्रतिभा सम्मान प्रदान गरिएको छ। प्रदेश युवा परिषद्ले उनलाई सम्मान प्रदान गरेको हो। उनलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगदसहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरे। 

प्रदेश युवा परिषद्ले सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान गरेको हो। साउँदसंगै शरीरका बिभिन्न ७ अङ्गले लेख्नसक्ने मनोजकुमार चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।
 

कमेन्ट लोड गर्नुस