एमाले सुदूरपश्चिमका सचिवले भने- सुदूरपश्चिम र नेपाली जनताले अस्थिरता बेहोर्नु पर्ने भयो

धनगढी: सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका नेताहरुले आक्रोशपुर्ण प्रतिक्रिया दिन थालेका छन्। अदालतको फैसला आएसँगै एमाले सुदूरपश्चिका नेताहरुले पनि उक्त फैसलाको बिरोध जनाएका छन्। एमाले सुदूरपश्चिका सचिब राजेन्द्र रावलले पनि अदालतको फैसलालाई अस्थिरताको दुश्चक्र भएको बताएका छन्। सामाजिक सन्जाल फेशबुकमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, 'संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने भो'


