सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक हप्तामै भत्कियो कालोपत्रे सडक

२०७८ असार २८, ०२:३० खबर संवाददाता

धनगढी : धनगढीमा कालोपत्रे भएको सडक एक हप्तामै भत्किन थालेको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ शिखर टोलमा निर्माण भएको कालोपत्रे सडक एक हप्तामै भत्कनि थालेको हो।

एक हाप्ता अगाडि मात्रै कालोपत्रे भएको सडक भत्किन सुरु भएको एक स्थानीयले बताए। सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तको प्रदेश पूर्वाधार विकास कार्यक्रमको ८ लाख बजेटबाट कालोपत्रे सम्पन्न भएको सडक भत्किन थालेको वडा कार्यालयले पनि स्वीकार गरेको छ।

‘उपभोक्त समितिले कालोपत्रे गरेका कारण हामीले धेरै बोलेका थिएनौं,’ वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातलीले भने, ‘मैले सडक भत्किन थालेको गुनासो आएपछि प्राविधिकलाइ पनि पठाएको छु।’

उपभोक्ता समितिलार्इ सडक भत्केको स्थानमा पुनः काम गर्न लगाउने वडाध्यक्ष पातलीले बताए।

कमेन्ट लोड गर्नुस