सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको फैसला ‘फउल गोल’ होः एमाले नेता खरेल

२०७८ असार २८, ०२:२५ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावना विपरीत भएको बताएका छन्।

उक्त फैसलाले संविधानवादका आधारभूत सिद्धान्त, शक्ति विभाजन र सन्तुलनको सिद्धान्त अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको आरोप लगाउँदै उनले भने, ‘यसले व्यक्तिगत कुण्ठालाई संस्थागत रुपमा निकास दिएको छ। विनम्रताका साथ भन्छु, यो फउल गोल हो।’

उनले संविधान एवं संवैधानिक नैतिकताको जामा पहि¥याएर गरेको फैसला संसदीय शासन प्रणालीविरुद्ध भएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस