सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त राजमार्गमा अत्तरिया आउँदै गरेको बस दुर्घटना

फोटो: ऐनाखबर
फोटो: ऐनाखबर
२०७८ असार २८, ०२:१३ खबर संवाददाता

धनगढी: भीमदत्त राजमार्गमा बस दुर्घटना भएको छ। डोटीबाट कैलालीको अत्तरियातर्फ आइरहेको बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा दुर्घटनामा परेको हो। 

शैलेश्वरी यातायातको ना५ख २५९१ नम्बर बस नालीमा पसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। 

दुर्घटनापछि नेपाली सेना तथा प्रहरीको टोलीले बस नालीबाट निकालेर गन्तव्यर्फ पठाएको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस