सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लागुऔषध दुव्यर्सन न्यूनिकरण गर्न तरुण दलको आग्रह

२०७८ असार २८, १२:३४ खबर संवाददाता

योगेन्द्र रावल, डडेल्धुरा: डडेल्धुरामा बढ्दै गइरहेको लागुऔषध दुव्यर्सन न्यूनिकरण गर्न नेपाल तरुण दल डडेल्धुराले प्रशासनलाई आग्रह गरेको छ। पछिल्लो समय डडेल्धुरा लागुऔषध सेवन तथा दुव्र्यसन गर्ने युवायुवतीहरुको क्रिडास्थल बन्दै गइरहेको भन्दै सोमबार तरुण दलले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो। 

केही दिनअघि मात्रै लागुऔषध सेवन गरी बागबजारमा एक युवकको मृत्य भएको कुरा उल्लेख गर्दै तरुण दलका अध्यक्ष शेरबहादुर साउदले पल्लिो समय जिल्लाको शान्ति सुरक्षा कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘समाजमा शान्ति सुरक्षाको अमनचयन कायम गर्न प्रशासनको महत्वपूर्ण जिम्मेवारी भएकोले समाजका यस्ता गैरजिम्मेवार तथा अपराधिक गतिविधि, लागुऔषध सेवन, ओसारपसार तथा बिक्रि वितरण गर्ने जोसुकै व्यक्तिलाई छिटोभन्दा छिटो कानुनी दायराभित्र ल्याइ कडा भन्दा कडा कारवाहीको माग गर्दछौ’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस