सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अछाम गइरहेको स्कारपियो डोटीमा दुर्घटना

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ असार २८, १०:३३ खबर संवाददाता

धनगढी : डोटीमा स्कारपियो दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा ४ सानागाउँमा धनगढीबाट अछाम गइरहेको स्कारपियो दुर्घटना हुँदा एक जना घाईते भएका हुन्। पहलमानपुर सिंह स्वार राजमार्गमा पर्ने सानागाउँमा कैलालीको गोदावरी नगरपालिका ११ शान्तिपुर वस्ने ३७ वर्षीय गोबरीराम चौधरीले चलाएको प्रदेश ३ ०१०२४ च १७८४ नम्बरको स्कारपियो मोड्ने क्रममा सडकमै पल्टेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा परी अछामको साफेँवगर नगरपालिका वडा नम्बर २ वस्ने अन्दाजी ३०/३२ वर्षीया अनिता गहताराको खुट्टा र हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उक्त स्कारपियोमा चालहसहित ५ जना सवार थिए। अन्यको अवस्था सामान्य रहेको डोटी प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस