सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा १ लाख बढी रकमसहित १२ जुवाडे पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, ०६:१२ खबर संवाददाता

अछाम: अछाममा १ लाख बढी रकमसहित १२ जना जुवाडे पक्राउ परेका छन्। शनिबार राति जिल्लाको मंगलसेन नगरपालिकास्थित मंगलसेन बजारबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

उनीहरुको साथबाट १ लाख ४ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले बताए। 

उक्त विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस