सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको प्रदेश प्रहरी सम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो

२०७८ असार २७, ०५:२६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विषयगत समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्। 

आईतबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले विधेयक विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पठाइएको जानकारी दिए।

यसअघि सो विधेयकमाथि सामान्य छलफलका लागि पेस भएको थियो। सामान्य छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य प्रकाश रावल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेशदत्त जोशी, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्ण चौधरीले भाग लिएका थिए।

कमेन्ट लोड गर्नुस