सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्वारा प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई गाडी हस्तान्तरण

२०७८ असार २७, ०५:२३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागलाई गाडी हस्तान्तरण गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको तर्फबाट प्रदेश प्रहरी र अनुसन्धान विभागलाई गाडी किनेर हस्तान्तरण गरेको हो।

आइतबार कानुन मन्त्री पूर्णा जोशीले एक कार्यक्रको आयोजना गर्दै प्रदेश प्रहरीलाई ८ गाडी तथा १५ वटा मोटरसाइकल र अपराध अनुसन्धान विभागलाई २ वटा गाडीको चाबी हस्तान्तरण गरेकी हुन्। 

कार्यक्रमा बोल्दै उनले भनिन्, ‘सुदूरपश्चिमको शान्ति व्यवस्था कायम गर्न प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानलाई प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नीति कार्यक्रम अनुसार गाडी हस्तान्तरण गरेका हाै।’

अपराध अनुसन्धान गर्न र भीआईपीहरुको सुरक्षामा सहज होस् भनेर उक्त गाडीहरु हस्तान्तरण गरिएको उनले बताइन्। 

कमेन्ट लोड गर्नुस