सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखा र स्याङ्जामा भेटियो कोभिडको नयाँ भेरियन्ट

२०७८ असार २७, ०४:५४ खबर संवाददाता

काठमाडौँ: गण्डकी प्रदेशको स्याङ्जा र गोरखामा कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको पाँच वटा नमूनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्याङ्जाका दुई पुरुष तथा गोरखाका तीन महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माले जानकारी दिएका छन्। 

 

कमेन्ट लोड गर्नुस