सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलन गर्ने

२०७८ असार २७, ०३:१४ खबर संवाददाता

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलन गर्ने घोषणा गरेका छन्।

आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने निर्णय निर्णय भएको उनीहरूको भनाई छ।

कमेन्ट लोड गर्नुस