सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँमै नागरिकता पाउँदाको खुशी

। फोटो स्रोत ।
२०७५ कार्तिक १८, ०३:१४ खबर संवाददाता

रुकुमको भूमे गाउँपालिका– ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी भएका छन। उनि भन्छन, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त सोचेकै थिइन। आशै मरिसकेको थियो। नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाएको थिइन। खुशी लागेको छ।” सजिलै हिँडडुल गर्न तथा सदरमुकामसम्म पुग्न गाह्रो भएको अवस्थामा नागरिकता घुम्ती शिविरबाट गाउँमै नागरिकता पाएका अपाङ्गता भएका व्यक्ति सूर्य बुढाले पनि खुशी व्यक्त गरे। भूमे गाउँपालिका– ६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एकदिने घुम्तीसेवा शिविर सञ्चालन गरिएको थियो।
रासस
 

कमेन्ट लोड गर्नुस