डडेल्धुराकाे खोलामा फसेको बस यसरी निकालियो(भिडिओसहित)

डडेल्धुरा: आइतबार बिहानैदेखि भइरहेको लगातारको वर्षाले खोलामा बाढी आएको छ। डडेल्धुराका नदी तथा खोलामा पनि पानीको सतह बढेको छ।
जिल्लाको भित्रि मधेस क्षेत्र जोगबुढाबाट बुडर पुग्न त्यस्तै विभिन्न खोला पार गरेर आउनुपर्छ। जहाँ हालसम्म पनि पुल निर्माण भएका छैनन्। वर्षातको समयमा ती खोला पार गरेर सवारीसाधन चलाउन निकै सास्ती खेप्नुपरेको सवारी चालकहरु बताउँछन्।
त्यस्तै सास्ती आज एक बस पार गर्न भएको छ। जोगबुढाबाट बुडरतर्फ आइरहेको एक बस मौरी नजिक रहेकाे खोलामा फस्यो। निकै मिहेतपश्चात मात्रै उक्त बस निकाल्न सफल भएको एक यात्रुले बताए।
एक टिपर र यात्रुहरुले डोरी बाँधेर बस तानेका थिए। करिब २ घण्टाको प्रयासपछि मात्रै बस निकालिएको बताइएको छ।
खोला पार गरेर बनेका सडक अवरुद्ध बनेपछि अहिले परशुराम नगरपालिकामा धेरै सवारीसाधनहरु अलपत्र छन्।
भिडियो: प्रकाशचन्द्र बुढाऐर


